काठमाडौं । राप्रपाले २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेसंगै सांगठनिक गतिविधिलाई तिव्रता दिदै देशब्यापी प्रशिक्षण संचालन शुरु गरेको छ ।
साउनको अन्तिम साता काभ्रेको धुलिखेलमा सम्पन्न भएको केन्द्रिय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रिय प्रशिक्षकहरु अहिले जिल्लास्तरीय प्रशिक्षणको निमित्त विभिन्न जिल्लामा खटिएका छन् ।
राप्रपाले भाद्र महिना भित्र सबै सतहत्तर जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने योजनाका साथ प्रशिक्षण अभियान शुरु गरेको हो ।
पार्टीको संगठनलाई चुस्त र कार्यकर्तालाई प्रशिक्षित बनाउन सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम अन्तर्गत मोरङ्ग, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भईसकेको छ भने भदौ दोस्रो साताभित्र गोर्खा, लमजुङ, झापा, बैतडी, पाँचथर, सुनसरीको प्रशिक्षण तय गरिएको छ ।
प्रशिक्षण बिभागका प्रमुख एबं प्रबक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो समसामयिक राजतिनीक अवस्था, संगठन निर्माण बर्ष( २०७६ को कार्य योजना, संगठन निर्माण र नेतृत्व बिकास, सैद्वान्तिक बैचारिक पक्ष, सकृय सदस्यता बितरण अभियान, केन्द्रिय महाधिवेशनको तयारी, सुचना प्रबिधिका बिषयमा प्रशिक्षण दिईनेछ ।
पाठकका अनुसार भाद्र महिना भित्र सबै जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली कंचनपुरको प्रशिक्षणको पनि मिति तय भैइसकेको छ ।
असोज महिनामा स्थानीय तहहरुमा प्रशिक्षण संचालन गरिने सहायक प्रबक्ता रमानन्द न्यौपानेले बताए । पार्टी अध्यक्ष कमल थापा अर्को हप्ता पार्टी कार्यक्रमको निमित्त नवलपरासी, रुपन्देही, कपिलवस्तु र मकवानपुरको भ्रमणमा जाने राप्रपा केन्द्रिय सचिवालयले जनाएको छ ।
राप्रपाको प्रशिक्षण कार्यक्रममा सहभागी हुन अधिकांश केन्द्रीय स्तरका नेताहरू, विभाग र भातृ संगठनका नेताहरू समेत जिल्ला जिल्लामा परिचालित भएका छन् । राप्रपाले देशका ७५३ वटै गाउँपालिका र नगरपालिकामा प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य लिएको र तदअनुरुप केन्द्रीय प्रशिक्षक र केन्द्रीय नेताहरूलाई परिचालन गरेको छ ।
बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने महाअभियानमा चुस्त संगठन, वैचारिक रुपमा सबल कार्यकर्ता र समयानुकूल कार्यक्रम आवश्यक पर्ने भएकाले देशव्यापी बृहत प्रशिक्षण सञ्चालन गरिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।
राप्रपाले धनकुटा, मोरङ, पाँचथर र ताप्लेजुङका लागि वासुदेव भट्टराई र शारदा रिजाललाइ प्रशिक्षकको रुपमा खटाएको छ, भाद्र १४ गते पाँचथरमा हुने प्रशिक्षण कार्यक्रममा पार्टीका प्रवक्ता भुवन पाठक र सहायक महामन्त्री तिर्थराज चटौत सहभागी हुने भएका छन् ।
यसैगरी खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा बसन्त रिमाल र कुमार बस्नेत, झापा र सुनसरीमा मधुसूदन रिसाल र सांसद रिता माझी, भोजपुर, संखुवासभा, इलाम र तेह्रथुममा केशव ओझा र रञ्जु प्याकुरेल, सिराहा, सप्तरी, बारा र पर्सामा विन्ती प्रसाद चौधरी र सुजन अधिकारी, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीमा सुजित केसी र श्यामप्रसाद नेपाल प्रशिक्षक तोकिएका छन् ।
यसैगरी चितवन, नवलपुर र नवलपरासीमा युवराज घिमिरे र लिला स्त्री, सिन्धुली, मकवानपुर, रामेछाप र धादिङमा भक्ति सिटौला र राजन सिवाकोटी, नुवाकोट, रसुवा, काभ्रेपलान्चोकमा परशुराम तामाङ र श्याम लामा, हुम्ला र डोल्पामा शशि भण्डारी र गणेशलाल श्रेष्ठ, दोलखा र सिन्धुपाल्चोककोमा लालध्वज लामा र मणि सिंखडा, सल्यान, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिममा कौशल आचार्य र मीना स्वर्णकार, गोरखा, लमजुङ, तनहुँ र कास्कीमा वसन्तमानसिंह अधिकारी र हिकमतजङ भण्डारी, बर्दिया, दाङ र बाँकेमा पवित्रा सुब्बा श्रेष्ठ र गिरिराज पुरुष, बझाङ, दार्चुला र बैतडीमा उपेन्द्र विक्रम पुरुष र पुरु दाहाल, दैलेख र जाजरकोटमा सन्तोषी शाही ठकुरी र जनक सिंह ठकुरी, स्याङ्जा, वाग्लुङ, पर्वत, मुस्ताङ र म्याग्दीमा वरुण विक्रम राणा, विनोद भट्टचन र नवराज लम्जुङ्गे, रुपन्देही र कपिलवस्तुमा युवराज घिमिरे, सुमेश्वर कुशवाहा र विन्ती प्रसाद चौधरी, डोटी, बाजुरा र अछाममा हिक्मत सिंह भण्डारी र महेश बहादुर सिंह, जुम्ला, मुगु, सुर्खेत र कालिकोटमा राजेन्द्र वीर राय र लिलाधर शर्मा, अर्घाखाँची, गुल्मी र पाल्पामा मेनुका खाँड केसी र सीता बस्याल केन्द्रीय प्रशिक्षक तोकिएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरमा भने प्रा।डा।जयन्तनाथ खनाल, रमानन्द न्यौपाने र आशा लामाले प्रशिक्षण दिने भएका छन् ।
प्रतिक्रिया