नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा गएको पहिरोमा पुरिएर मृत्यु भएकालाई कुस्मा नगरपालिकाले एक लाख राहत दिएको छ ।
घरमाथिबाट आएको पहिरोले बगाउँदा ज्यान गुमाएका ७० वर्षीय रेमबहादुर चालिसेको परिवारलाई कुस्मा नगरपालिकाले एक लाख ५ हजार रुपैंया राहत दिएको हो ।
कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले मृतकको घरमै पुगेर राहात रकम हस्तान्तरण गर्नुभयो । प्रमुख जोशीले मृतककी छोरी कमला क्षेत्रीलाई राहात रकम हस्तान्तरण गर्नुभएको छ ।
सो अबसरमा बोल्दै जोशीले नगरपालिकाले पिडीतको पिडामा थोरै भएपनि सहयोग गरेको बताउँदै बिपतको बेला सबैले धैर्य धारण गर्नुपर्छ भन्नुभयो । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्रबहादुर रिमालले राहात सामाग्री बितरण गर्नुभएको थियो ।
गएको बुधबार राती घरमा सुतेको अवस्थामा घर भत्किएकाले चालिसेको ओछ्यानमा नै सिरक ओढेको अबस्थामा खनेर शब निकालिएको थियो ।











प्रतिक्रिया