आयोजक रेडिअन्ट सेमिफाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। आयोजक रेडिअन्ट सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ। रेडिअन्टले इबीएलाई २८–१४ ले पराजित गर्यो। टोलीका रोहित चौधरीले ५ अंक जोडे।

जुनियर ब्वाइजमै दोहोरो जित निकालेको सेब क्वाटरफाइनलमा पुग्यो। सेबले एलआरआईलाई २५–१६ तथा हिमालयलाई २७–२१ ले हरायो। सिनियर ब्वाइजमा रुपिजले एआईएलाई ४४–३० तथा रेडिअन्टले अद्वितीयलाई २७–१९ ले पाखा लगाउदै अन्तिम आठमा स्थान सुरक्षित गरे।

रुपिजका रेमन धमलाले २० स्कोर गरेका थिए। सिनियर गल्र्समा निम्सले स्वर्णिमलाई २१–१४, रातो बंगलाले ज्योति एकेडेमीलाई २१–१७ र सिद्धार्थ बनस्थलीले द एक्सेल्सियरलाई २२–१४ ले निराश पार्दै अन्तिम आठको यात्रा तय गरे।