मलेसियामा नेपाली टोली पराजित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। मलेसियामा नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्री खेलमा पराजय बेहोरेको छ। नेपाल सोमबार भएको खेलमा मलेसियाली लिग विजेता जोहोर दारुल ताजिमसँग १–० गोलअन्तरले हारेको हो।
सुजल श्रेष्ठको पहिलो पटकको कप्तानीमा नेपाली टोलीले खेलको तेस्रो मिनेटमै गोल आत्मसात गर्न पुग्यो। निकोलास अबर्टो फर्नान्डेजको फ्रिकिक प्रहार देवेन्द्र तामाङलाई छोएर गोलमा परिणत भएको हो। बाँकी समय दुबै टोलीबाट गोल हुन नसकेपछि नेपाल पराजित भयो।

नेपाली टोलीमा अनुभवी खेलाडीहरूको अनुपस्थित रहेका छन्। छनोट कमिटीले नियमित कप्तान विराज महर्जनलाई कप्तानबाट हटाएर मिडफिल्डर सुजललाई कप्तानीको भुमिका दिइएको हो।
त्यस्तै स्ट्राइकर भरत खवास, नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङ, रोहित चन्द जस्ता खेलाडी पनि विश्वकप छनोटका लागि टोलीमा नफर्काउने जनाएको छ।
नेपाली टोली यसप्रकारको छ —विकेश कुथु (गोलकिपर), अजीत भण्डारी, अनन्त तामाङ, बिशाल राई, बिमल घर्तीमगर, बिक्रम लामा (अंजन विष्ट), सुजल श्रेष्ठ (कप्तान), सन्तोष तामाङ, सुमन अर्याल, देबेन्द्र तामाङ (दिनेश राजवंशी) र रवि पासवान (हेमन गुरुङ)।

नेपालले विश्वकपअन्तर्गत दोस्रो चरणको छनोटका लागि तयारीको रुपमा सो मैत्री खेल खेलिएको हो। नेपालले सेप्टेम्बर ५ मा कुवेतमा पहिलो खेल खेल्नेछ भने त्यसपछि १० सेप्टेम्बरमा चिनियाँ ताइपेइविरुद्ध खेल्नेछ। समूह बी मा रहेको नेपालले अर्को खेल अस्टे«लिया र जोर्डनसँग खेल्नेछ।