नेपाल समाचारपत्र, जाजरकोट ।जिल्लामा संचालन गरिने कार्यक्रमलगायत शान्ति सुरक्षालाई बलियो बनाउने तथा जिल्ला प्रशासन कार्यालयबाट सम्पन्न हुने कामलाई व्यवस्थितरूपमा संचालन गर्न यहाँका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीबीच कार्यसम्पादन सम्झौता भएको छ।
प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आयोजित कार्यक्रममा कार्यालयको वार्षीक कार्ययोजनालाई सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत र सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीबीच कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
कार्य सम्पादन सम्झौतापत्र सहायक प्रजिअ सहानीलाई हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले विगतका वर्षमा जिल्ला प्रशासन कार्यालयबाट काम सम्पन्न हुने गरेका थिए तर गर्नु पर्ने महत्वपूर्ण काम छुट्ने गरेकोले आगामी वर्षका कामलाई व्यवस्थितरूपमा सञ्चालन गर्न समग्र विकास योजनालगायत सुशासनमैत्री जिल्ला निर्माणको लागि कार्य सम्पादन सम्झौता गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनभयो।
आफ्नो बसाई अब यस जिल्लामा डाँडामाथिको घाम जस्तै भएकोले पछि आउने प्रमुख जिल्ला अधिकारीलाई आफूले जस्तै खोज–खबर गरी कार्यक्रम गर्नुपर्ने नहोस् भनी यस्तो व्यवस्थाको शुरुआत गरेको प्रजिअ बस्नेतले उल्लेख गर्नुभयो।
सूचनाको हकलाई व्यवस्थित गर्न सूचना अधिकारीको सूची सबै कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा आएको तर नियमित बठक नबस्ने गरेकोले नियमित बठक बसाली सूचनालाई जनतासम्म पुर्याउने व्यवस्था मिलाउनेसमेत प्रजिअ बस्नेतले बताउनुभयो।











प्रतिक्रिया