स्कारलेट कमाइमा अगाडि

0
Shares

हलिउड अभिनेतृ स्कारलेट जोहानसन यस वर्ष सबैभन्दा बढी कमाइ गर्ने अभिनेतृ सावित भएकी छिन्। हालै फोब्र्सले सार्वजनिक गरेको सबैभन्दा बढी कमाइ गर्ने अभिनेतृको उत्कृष्ट १० को सूचीमा ३४ वर्षीया उनले पहिलो स्थान हासिल गरेकी हुन्।

फोब्र्सका अनुसार उनको वार्षिक कमाइ ५६ मिलियन डलर रहेको छ। उनी लागातार दोस्रोपटक यो सूचीमा परेकी हुन्। गत वर्ष पनि साढे ४० मिलियन डलर कमाइ गर्दै उनी पहिलो नम्बरमा परेकी थिइन्।

उनको पछिल्लो फिल्म मार्बल स्टुडियोको एवेन्जर्सस: एन्ड गेम हो। उक्त, सूचीको दोस्रो नम्बरमा सोफिया वरगारा छिन्, जसको कमाइ साढे ४१ मिलियन डलर रहेको छ।

तेस्रोमा रिज विदरस्पुन, चौथोमा निकोल किडमन र पाँचौंमा जेनिफर एनिस्टन समावेश छन्। त्यसपछि क्रमशः केली कुको, एलिजाबेथ मास, मर्गोट रवि, चार्लिज थेरोन र एलेन पोम्पो रहेका छन्।