विल्सनको निर्देशनमा अर्को म्युजिक भिडियो


लोकप्रिय हास्य कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ द्वारा निर्देशित तथा अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायिका ससिता राईको स्वर तथा रत्नबहादुर खड्गीको संगीत र एस गिरीको शब्द रहेको चौतारीको बाटो बोलको गीतको म्युजिक भिडियो विल्सनले निर्देशन गरेका हुन्।

भिडियोमा विक्रम राई, विशाल लिम्बु र रजनी गुरुङ मंगलीको अभिनय रहेको छ भने बाल कलाकारहरू अर्जुन लिम्बु, कुबिर लिम्बु र जेसिका राई छन्। वियोगान्त भिडियोमा विल्सन विदेश जान्छन् र उनको पर्खाइमा रहेकी प्रेमिका तब टुट्छिन, जब विल्सन विदेशबाट ह्विल चियरमा फर्किन्छन्।

विक्रम डिसीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ। राईले यसअघि पनि विभिन्न गायकगायिकाको गीतमाथि म्युजिक भिडियो तयार पार्दै आएका छन्।