रसुवा । आइतबारदेखि अवरुद्ध पासाल्हामु राजमार्ग आज साँझदेखि आंशिक रुपमा खुलेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार मेशिनको सहायताले ढुङ्गा फटाइ आंशिक रुपमा यातायात सञ्चालन गरिएको हो ।
केरुङतर्फ सामान लिन जाँदै गरेका झण्डै एक सय कन्टेनर राजमार्ग खुलेसँगै रसुवागढीतर्फ लागेका छन् । रसुवागढी भन्सारबाट छुटेका मालवाहक कन्टेनर भने पार गराउने प्रयास भइरहेको प्रजिअ भण्डारीले बताउनुभयो । दुई दिनयता वर्षा नभएकाले आंशिक रुपमा सडक खुला गर्न सम्भव भएको हो । सडकको अवस्था जीर्ण भएकाले मङ्गलबारदेखि पहरो फुटाइने भण्डारीले जानकारी दिनुभयो ।
रासस











प्रतिक्रिया