काठमाडौँ । छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलाप्रभा धम्कोट माविमा अंग्रेजी विषय पढाउने शिक्षक साफेबगरका हिरण्य कुँवर रहेको प्रहरीले जनाएको छ ।
कृृष्णअष्टमीको दिन राति मेला लागेको स्थलमा झडगा परेपछि उनले बालिकालाई घर पुर्याइदिने भन्दै बाइकमा लिएर गएका थिए । उनले बालिकालाई पैसाको लोभ देखाई बआत्कार गर्न खोजेको प्रहरीले बताएको छ । चिच्याएको आवाज सुनेपछि स्थानीयले बालिकाको उद्दार गरका थिए ।
पक्राउ परेका शिक्षकमाथी थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया