लामिछानेको थुनछेक बहस सकियो


काठमाडौँ । रवि लामिछानेको थुनछेक बहस सकिएको छ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपी रवि लामिछाने र युवराज कँडेलको बयान सकिएपछि थुनछेक बहस चलेको थियो ।

जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान लिइएको थियो । उनीहरु दुबैले इन्कारी बयान दिएका छन । यसअघि आइतबार अर्की अभियुक्त अस्मिता कार्कीको बयान लिइएको थियो ।

थुनछेक बहसपछि उनीहरुलाई साधारण तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्नेबारे आजै निर्णय हुनेछ ।