काठमाडौँ । गोर्खा बु्रअरीको कर छलीसम्बन्धी न्यायपरिषदको छानविनमा रहेका उच्च अदालतका दुई न्यायाधीशले राजीनामा दिएका छन् । न्यायपरिषदले उच्च अदालत पोखराका तीनजना न्यायाधीशमाथि छानविन शुरु गरेको थियो ।
प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले गत साउन ८ गते न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानविन तथा कारवाहीको आदेश दिएको थियो । तीन जना मध्ये जीवनहरि अधिकारी र रमचन्द यादवले प्रधान न्यायाधीश समक्ष राजीनामा पठाएका छन् ।
यसअघिनै परिषदले सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिमा बयान दिइएपछि अधिकारी र यादव दुवैले राजीनामा पेश गरेका हुन् ।
आफूले गर्दे नगरेका अनावश्यक अभियोगमा छानविन तथा कारवाही गरेको बताउदै उनीहरुले राजीनामा दिएका छन् ।











प्रतिक्रिया