रमेश महर्जन
प्रमुख, कीर्तिपुर नगरपालिका
कीर्तिपुर काठमाडौं उपत्यको एक ऐतिहासिक, सांंस्कृतिक दृष्टिले महत्वपूर्ण नगरी हो। कीर्तिपुर नगरपालिकाले नगरलाई सांस्कृतिक र पर्यटकीय नगरीको रुपमा विकास
गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। यस सन्र्दभमा नगरपालिकाका प्रमुख रमेश महर्जनसँंग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंश ः
अहिलेसम्म गरेको कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
नगरपालिका र वडा कार्यालयप्रति सर्वसाधारणले धेरै अपेक्षा गरेका छन्। अपेक्षाअनुसार काम गर्न सकेको छैन तर पनि अहिलेसम्म भएका कामबाट निराश हुनुपर्ने स्थिति पनि छैन्।
साढे दुईवर्षको दौरानमा भए–गरेका कामबाट मसहित कार्यपालिका सदस्य सन्तुष्ट भएको पाएको छु। सर्वसाधारण जनताले पनि नगरपालिकाले काम गर्न खोजिरहेको प्रतिक्रिया दिइरहेका छन्। मुख्य कुरो भनेको नगरपालिकाको प्रयासलाई स्थानीयले केही गर्न खोजिरहेको रूपमा बुझेका छन्।
यसलाई उर्जाका रूपमा लिएर बाँकी अवधिमा जनताको अपेक्षा पूरा गरेर नै छाड्ने दृढ संकल्प लिएर काम गरिरहेका छौं। सीमित स्रोत–साधन, प्रशासनिक दक्षताअनुरुप जनताको आकांक्षालाई अधिकतम पूरा गर्ने प्रयास गरिरहेका छौं।
यसबाट जनतालाई स्थानीय सरकारको अनुभूति गराउन केही हदसम्म सफल भएका छौं। जनप्रतिनिधि आएपछि विकास, निर्माणमा स्थानीयको सहभागिता अपनत्व, सुनवाइ र सहभागिता बढेको छ।
त्यसो भए साँढे दुईवर्षको दौरान के के काम गर्नुभयो त ?
हामीले शुरूदेखि नै जनताको दैनिक जीवनबाट निकै टाढाका ठूलठूला सपना देखाएका छैनौं। जनताको आवश्यकता, यहाँको सम्भावना, दैनिक जीवनमा भोग्नुपरेका समस्याबाट काम थालनी गरेका छौं। जनताको दैनिक जीवनसँंग जोडिएको शिक्षा, स्वास्थ्यमा शुरूदेखि ध्यान केन्द्रित गरेका छौं।
सोहीअनुरुप सामुदायिक विद्यालयको भौतिक उपलब्धि, प्रविधिमैत्री बनाउन विभिन्न सरकारी विद्यालयमा कम्प्युटर प्रदान गरेका छौं, बालमैत्री शौचालयको निर्माण गर्दैआएका छौं।
अहिले कीर्तिपुरमा खानेपानीको हाहाकार रहेको छ। खानेपानीको समस्याको दीर्घकालीन समाधानका लागि काम भइरहेको छ।
खानेपानीको चुहावटको समाधानका लागि पाइप बनाउने, वाटर सेटको व्यवस्थापन कार्यमा लागिरहेका छौं। स्वास्थ्यतर्फ उच्च रक्तचाप र मधुमेहका बिरामीलाई औषधी वितरणको कार्यक्रमलाई निरन्तरता दिई पक्षघात रोगबाट पीडित ‘क’ वर्गको परिचयपत्र (रातो कार्ड) प्राप्त बिरामीलाई मासिकरूपमा ५ सय रुपियाँ बिरामी भत्ता प्रदान गर्दै आएका छौं। महिला स्वास्थ्य कार्यकतालाई टोल–टोलमा परिचालन गर्दै आएका छौं।
त्यसैगरी कीर्तिपुरलाई हरियाली शहरका रूपमा विकास गर्न काम भइरहेको छ। वृक्षरोपण, पार्क निर्माण भएका प्राकृतिक स्रोत र साधनको संरक्षण कार्यलाई प्राथमिकता दिँदै आएका छौं। कीर्तिपुर प्रवेश गर्ने गेटअगाडि हरियाली बनाएका छौं।
पोखरी संरक्षण कार्यलाई जोड दिएका छौं। कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी स्रोतमै फोहोर कम गर्ने, कम्पोस्ट मल बनाएर किसानलाई बिक्री समेत गर्दै आएका छौं।
त्यसैगरी ३–४ महिनाअघि मात्र महिला उद्यमशीलता प्रवद्र्धन गर्न कीर्तिपुरमा महिला महोत्सवको आयोजना गर्यौं। कीर्तिपुरको संस्कृति, परम्परा संरक्षणमा महिला सशक्तीकरणको माध्यमले अर्थतन्त्रमा टेवा पुर्याउन महोत्सवको आयोजना गरेको थियो।
नगरमा संस्कृति, संस्कार, सम्पदालाई पर्यटन उद्योगसंँग जोडेर आर्थिक विकास गर्ने सन्देश महोत्सवले दिएको छ। महिलाले जानेका ज्ञान सीपमार्फत उद्यमी बन्न प्रेरित गरेको छ। नगरपालिकाले जनसहभागिता र समन्वयमा काम गर्दै आएका छौं।
यहाँका जनताको मुख्य मुख्य अपेक्षा के कस्ता छन् ?
कीर्तिपुरको मुख्य बस्तीमा खानेपानीको अभाव, सरसफाइ, संस्कृति संरक्षण त्यसको व्यवस्थापनको माग बढिरहेको छ भने बाहिरी बस्तीहरूमा बाटोघाटो ढल निकासलगायत पूर्वाधार विकास शुरू गर्नुपर्ने माग बढेको छ।
व्यवस्थित बस्ती विकासको लागि सल्यानथानमा २९ सय रोपनी जग्गामा ल्यान्ड पुलिङका लागि डीपीआर बनाउने काम भइरहेको छ।
कीर्तिपुर एउटा सांस्कृतिक नगरी हो, संस्कृतिको क्षेत्रमा के के कामहरू भएका छन् ?
कीर्तिपुर उपत्यकाको एउटा पुरानो शहर हो। ऐतिहासिक महत्वको शहर हो। संस्कृति, सम्पदाले भरिपूर्ण रहेको छ। संस्कृति सम्पदा जोगाउन यसवर्ष धाः बाजा महोत्सव, दाफा भजन महोत्सव, परम्परागत बाजागाजाका गुरुको सम्मान गर्ने कामको थालनी गर्यौं।
परम्परागत बाजागाजा जोगाउने कार्यमा ती गुरुहरूको ठूलो योगदान रहेको छ। संस्कृति संरक्षणको क्षेत्रमा जीवनभर योगदान पुर्याएका ती गुरुको पहिचान, सम्मान, सामाजिक सुरक्षामा राज्य संवेदनशील हुन सकेको छैन।
यस अवस्थामा ती महोत्सवमार्फत गुरुहरूलाई सम्मान, भत्ता दिने कार्यको शुरु गरेका छौं। यसले गुरुहरूको मनोबल वृद्धि भएको छ। दाफा भजन सञ्चालनका लागि बजेट विनियोजित गरेका छौं।
त्यसैगरी नगरका विभिन्न जात्रा, पर्व सञ्चालनका लागि आर्थिक सहयोग गर्ने, भाषा, लिपि सिकाउने काम पनि थालनी गरेका छौं। संस्कृति संरक्षणमा आगामी दिनमा पनि निरन्तर कार्यक्रम गर्दैजाने सोच रहेको छ। नेपाल भाषाको संरक्षणका लागि सामुदायिक विद्यालयमा पढाउने शिक्षक स्वयंसेवकको रूपमा पठाइरहेका छौं।
आगामी दिनमा के के काम अघि बढाउने सोच गर्नुभएको छ ?
चालू आर्थिक वर्षमा आर्थिक विकास, रोजगार, संस्कृति पर्यटन, सहकारी विकास, राजस्व र सामाजिक विकासलगायत नीतिहरू अघि सारेका छौं। ती नीतिअनुरुप तय गरिएका कार्यक्रमको तीव्रताका साथ कार्यान्वयन गरिने छ। खानेपानी र सरसफाइ, पर्यटन विकास, भौतिक पूर्वाधार, सार्वजनिक जग्गा, भवन, सत्तल, पाटी–पौवा, दह, पोखरीको सञ्चालन र व्यवस्थापन गर्ने नीति पनि बनाएका छौं। त्यस्तै प्राकृतिक स्रोत–साधनको नियमन र व्यवस्थापन, बेरोजगार तथ्यांक संकलन, युवा तथा खेलकुदको विकासअघि बढाउने, लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति, यातायात, कृषि, उद्योग तथा वाणिज्य, विपत् व्यवस्थापन, वन तथा भू–संरक्षण र उपयोग गर्ने नीतिलाई प्राथमिकता दिएको छु।
कीर्तिपुर नगरलाई कस्तो नगर बनाउने दीर्घकालीन सोच रहेको छ ?
कीर्तिपुर नगरमा पर्यटक प्रवद्र्धनको प्रबल सम्भावना रहेको छ। त्यसलाई साकार बनाउन चरणबद्ध कार्यक्रमको खाँचो छ। नगरपालिकाको योजनाबद्ध कार्यक्रम, सरोकारवालाबीच समन्वय गर्दै अघि बढिरहेका छौं। कीर्तिपुरमा ठूलठूला उद्योग र कलकारखाना स्थापना गर्न सम्भावना छैन।
त्यसैले यहाँको लक्ष्य भनेको पर्यटन उद्योग प्रवद्र्धन गर्ने नै हो। किर्तिपुरमा रहेका ऐतिहासिक सम्पदा, मूर्त, अमूर्त संस्कृतिको प्रर्वद्धन, संरक्षण र पर्यटकीय पूर्वाधारको निर्माणबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्ने दिशातर्फ अघि बढिरहेका छौं।
नगरपालिकाले स्थानीय पर्यटक पथप्रदर्शक, संस्कृति संरक्षण, इतिहासको खोजी, होमस्टेको प्रवद्र्धन कार्यक्रमलाई चरणबद्धरूपमा अघि बढाउने योजना तर्जुमा गरिएको छ। पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास, व्यवस्थापन गर्दैै पर्यटक बढी–बढी भित्याउने लक्ष्य रहेको छ।
प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयबाट आउने गर्छन्। उनीहरू मन्त्रालयप्रति नै बढी जवाफदेही बन्छन्। स्थानीय तहप्रति नै जवाफदेही हुने गरी कर्मचारी संयन्त्र बनाउनुपर्दछ।
पर्यटकको आकर्षणको लागि के के गर्दै हुनुहुन्छ ?
आगामी वर्ष, सन् २०२० मा सरकारले पर्यटक भ्रमण वर्ष मनाउने भनेको छ। यही अवसरमा पर्यटकीय सम्भावना, पूर्वाधारबारे बृहत् प्रचारात्मक अभियान, छलफल र गोष्ठी गर्ने तयारी भइरहेको छ।
कीर्तिपुर प्रवेश गर्ने बाटोमा संस्कृति झल्किने प्रवेशद्वार, ऐतिहासिक सम्पदा र त्यसको महत्व झल्किने बोर्ड राख्ने, पर्यटकमैत्री शौचालय बनाउने काम भइरहेको छ। त्यसैगरी पर्यटकीय शहरका रुपमा विकास गर्न कीर्तिपुर र गोर्खाली सेनाबीच युद्ध भएको ठाउँमा युद्धस्मारक पार्क बनाउन र चम्पादेवीमा केबलकारको सम्भावनाबारे गृहकार्य भइरहेको छ।
नगरको विकासमा मेयरको भूमिकालाई कसरी लिनुभएको छ ?
मेयर भनेको बस हाँक्ने चालक जस्तै हो। बस राम्ररी गुडाउन गाडीको अवस्था, सहचालक, बाटोमा हिड्ने बसमा सवार हुने यात्रु सबैको सहयोग चाहिन्छ भनेझैं मेयरलाई सफल हुने भनेको ‘टिम वर्क’ले गर्दा हो।
टिम वर्क भएन भने सफल हुन सक्दैन। मेयर, उपमेयर र वडाध्यक्षको टिम भयो भने मात्र मेयरले काम गर्न सक्दछ। त्यसैगरी कर्मचारी संयन्त्रको सहयोग पनि चाहिन्छ। कर्मचारीको सहयोग भएन भने अपेक्षाकृत परिणाम हासिल हुँदैन।
विभिन्न नगरपालिकाका मेयरले कर्मचारीको असहयोगका कारण काम गर्न सकिएन भनेको पनि सुनिन्छ, तपाईंले आफ्नो नगरपालिकामा कस्तो पाउनुभएको छ ?
कर्मचारी संयन्त्रले सहयोग गरेकै छ।
हो, कर्मचारी संयन्त्र भनेको प्रक्रियामुखी हुने र जनताको आकांक्षा पूरा गर्ने जनप्रतिनिधिबीचको गति तादाम्यता नहँुदा परिणाम हासिल गर्न समय लाग्ने अवस्था पनि छ। भनेको काम सबै गर्ने, प्रोक्एटिभ भएर काम नगर्ने कर्मचारी संयन्त्रको प्रवृत्ति रहेको छ। अरू ठाउँमा जस्तो कर्मचारी संयन्त्रले असहयोग नै गर्ने अवस्थामा कीर्तिपुरमा छैन।
पर्यटकीय शहरको रुपमा विकास गर्न कीर्तिपुर र गोर्खाली सेनाबीच युद्ध भएको ठाउँमा युद्धस्मारक पार्क बनाउन र चम्पादेवीमा केवलकारको सम्भावनाबारे गृहकार्य भइरहेको छ।
संघीय सरकारले स्थानीय तहको अधिकार हनन् गरेको पनि बेलाबखतमा सुनिन्छ। के यस्तो छ र?
सकभर तल अधिकार नै नदिने सोच उच्चपदस्थ कर्मचारी संयन्त्र, राजनीतिक दलका नेतामा रहेको छ। यसले गर्दा संविधानप्रदत्त अधिकार कुण्ठित हुने गरी ऐन नियम बनाउने, कर्मचारी समायोजनमा मन्त्रालयले भनेजस्तो गर्नुपर्ने अवस्था नभएको होइन।
मन्त्रालयको निर्देशन, नियन्त्रणले स्थानीय तह र संघीयताको अभ्यासलाई कमजोर बनाउने छ। प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयबाट आउने गर्छन्। उनीहरू मन्त्रालयप्रति नै बढी जवाफदेही बन्छन्। स्थानीय तहप्रति नै जवाफदेही हुने गरी कर्मचारी संयन्त्र बनाउनुपर्दछ।
कर्मचारी समायोजनलाई कसरी लिनुभएको छ ?
यहाँको आवश्यकता, कामको प्रकृति हेरर कर्मचारी पठाइएन। खाली अवकाश हुने बेला पुगेका, फाजिलमा राख्नेजस्तो गरी कर्मचारी पठाइयो। उच्चपदस्थ कर्मचारी र नेताले आफ्नो तजबिजमा कर्मचारी पठाएका छन्। यसले स्थानीय तहको कार्यसम्पादनमा नकारात्मक असर पुर्याइरहेको छ। काठमाडौं उपत्यकाका नगरपालिकालाई दुर्गममा जान नचाहेका कर्मचारीलाई थुपार्ने डम्पिङ साइडको रूपमा मन्त्रालयले व्यवहार गरेको छ। उपत्यकाका १८ वटै नगरपालिकाका मेयर फोरम मिलेर यसको विरोध गर्दै आएका छौं।
स्थानीय तहलाई आवश्यक कति वटा कानुन बनाइसक्नुभएको छ ?
त्यस्तै ४०,४२ वटा कानुन हामीले तयार गरिसकेका छौं।
प्रदेश र संघीय सांसद्बीच कतिको समन्वय हुने गरेको छ ?
बेलाबखत भेटघाट र कुराकानी भइरहेको छ। सांसद्को लागि विनियोजित बजेट खर्च गर्नेमा खासै समन्वय भएको छैन। संघीय सांसद्ले ६ करोड र प्रदेश सांसद्ले ३ करोड खर्चगर्ने सबालमा समन्वयको अभाव छ। प्रदेश सांसद्ले गर्ने खर्च नगरपालिकामा थाह नै हुँदैन। विकास निर्माणको सबालमा समन्वयको खाँचो छ।
सफल मेयर हुनका लागि के कस्ता गुणहरू आवश्यक हुन्छ जस्तो लाग्दछ ?
मैले शुरूमा भनें, नगरपालिकामा मेयर एक्लैले काम गर्ने होइन। मेयरले समूहमा बसेर काम गर्ने हो। मेयर सफल हुन टिम वर्कमा विश्वास गर्नुपर्दछ।
जतिसुकै जान्ने, सुन्ने र बुझ्ने व्यक्ति मेयर भएपनि एक्लैले चाहेर मात्र काम गर्न सक्दैन, यदि उसलाई साथ दिने अरू मानिसहरू भएनन् भने। मेयर सफल हुन टिम वर्कमा विश्वास गर्नुपर्दछ।
त्यसैगरी जनताको भावना बुझ्ने अरूको कुरा सुन्नसक्ने र समन्वय गर्नसक्ने गुण हुनुपर्दछ। यस दृष्टिले आफ्नो मूल्यांकन गर्दा म अलि अन्तर्मुखी स्वभावको छु जस्तो लाग्छ, जसले गर्दा आफूलाई मनमा लागेको कुरा भन्न संकोच हुन्छ। आफू सरलतामा विश्वास गर्ने भएकोले मानिससँंग सहजै घुलमिल हुन सकेको छु।
हिजो (शनिबार) देखि नगरपालिकाले स्वयंले खेलकूद कार्यक्रमको आयोजना गरेको छ, किन यो कार्यक्रम आयोजना गर्नुुभएको ?
खेलकुदको विकास गर्ने उद्देश्यले नगरपालिकास्तरीय विविध खेलकुद प्रतियोगिता हिजोदेखि शुरु भएको छ। यसका लागि नगरपालिकाले खेलकुद क्षेत्रमा योगदान पुर्याएका नगरका ख्यातिप्राप्त खेलाडीसंँग समन्वय गरेका छौं।
स्थानीय सरकारको दायित्वमा खेलकुद पनि रहेको छ। नगरमा खेलकुदको पूर्र्वाधार बनाउन टेवा पुर्याउने र खेलाडीलाई मनोबल प्रदान गर्न प्रतियोगिता आयोजना गरेका हौं। राष्ट्रको खेलकुद विकासमा नगरबाट योगदान पुर्याउने प्रयास भएको छ। प्रतियोगिताले यसको गति र मात्रा बढाउने छ। यसलाई प्रत्येक वर्ष निरन्तरता दिँदै जाने सोच छ।
प्रतिक्रिया