स्काउट भवनको शिलान्यास

0
Shares

ललितपुर, (नेस) गोदावरी नगरपालिका–१४ मा रहेको नेपाल स्काउट ठैब रोभर रेन्जर क्रयुको भवन निमार्णको शिलान्यास गरिएको छ।  सो भवनको शिलान्यास गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गर्नुभएको हो।

विसं. २०५६ सालमा स्थापित ठैब रोभर रेन्जर क्रयुले स्काउटको इकाई स्तरमा पहिलोपटक भवन बनाउन लागेको हो। ठैब निवासी अष्टमान मर्हजनले दिएको जग्गामा नेपाल स्काउटले ४९ लाखको लागतमा साढे दुई तल्ले भवन निमार्ण गर्न लागेको हो।

नगर प्रमुख महर्जनले भवन निमार्णपश्चात नगरमा स्काउटिङ विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै भवन निमार्णका लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

गोदावरी नगरपालिका–१४ का वडा अध्यक्ष जगन्नाथ महर्जनले स्काउट सेवालाई बिस्तार गर्न आफ्नो वडामा भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो।

भवन निमार्ण कमिटीका संयोजक कन्ह्ैया श्रेष्ठले इकाई स्तरमा पहिलो नेपाल स्काउटको भवन निर्माण शुरू भएको जानकारी दिनुभयो।