धनगढी । सनिबार आज जिल्ला अस्पताल बाजुरामा एक सुत्केरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाजुराको बडिमालिका नगरपालिका-७ कि २१ वर्षीया वसन्ती नेपाली हुन । घरमै सुत्केरी व्यथा च्यापेपछि आफन्तहरूले शुक्रबार साँझ उनलाई जिल्ला अस्पतालमा ल्याएका थिए। उनको शनिबार बिहान जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो।
अस्पतालमा चिकित्सकहरूको लापरबाहीले नेपालीको मृत्यु भएको आफन्तहरू आरोप लगाएका छन्।
जिल्ला अस्पताल बाजुराका डाक्टर दुर्गा महर्जनले भने समयमा चेकजाच गर्न ढिलाइ भएकाले मृत्यु भएको बताए। मृतक नेपालीका श्रीमान् रोजगारीको सिलसिलामा कुवेतमा रहेका छन्।











प्रतिक्रिया