अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालनसंगै लुम्बिनीमा पर्यटक वृद्धिः  मन्त्री गिरी

0
Shares

यमलाल भुसाल, बुटवल । प्रदेश ५ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले भैरहवामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र मोनोरेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओईरो लाग्ने दाबि गर्नु भएको छ । उहाँले अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र लुम्बिनीसंगै जोडिएका बुद्धस्थलहरुमा मानोरेल सञ्चालन पछि पर्यटक ओईरिने भन्दै त्यसका लागि आवश्यक पुर्वधार निर्माण गर्न सरकार लागि परेको बताउनु भयो । रिपोर्टर्स क्लव प्रदेश ५ शनिवार बोल्दै मन्त्री गिरीले बाहिरी देशका सिधा सिधा उडान भैरहवामा आउने भए पछि पर्यटक आवागमनमा  वृद्धि हुने बताउनु भयो ।

मन्त्री गिरीले पर्यटकको बसाई लम्बाउने खालका योजना र उनीहरुलाई राख्न स्तरिय होटल अझै आवश्यक रहेको समेत प्रष्ट पार्नु भयो ।
प्रदेश सरकारले सुरु गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ सफल भइरहेको दाबि गदैं ४ महिनाको अवधिमा प्रदेश सरकारले गरेका कामको मुल्याङकनका आधारमा भ्रमण बर्षका बारेमा टिकाटिप्पणी नगर्न मन्त्री गिरीले आग्रह गर्नु भयो । उहाँले चिनका बिभिन्न प्रान्तसंग सरकारले भगिनी सम्बन्ध स्थापना गरेको भन्दै प्रदेशलाइ समृद्ध बनाउन चीनसंग सहकार्य गरिने बताउनु भयो ।

चीन पुगेर सांस्कृतिक ,कृृषि ,प्रविधिको आदान प्रदान र सम्झौंता हुने मन्त्री गिरिले बताउनु भयो । मन्त्रालयले अहिले पर्यटन विकास कार्यालय सञ्चालनको लागि कानुन बनाउँदै गरेको मन्त्री गिरीले जानकारी दिनु भयो । पर्यटन मन्त्री गिरीको नेतृत्वमा भदौ १२ चिनको गान्छु प्रान्तमा प्रदेश ५ को टोली प्रस्थान गर्दै छ । कार्यक्रमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्दिन खाँनले लुम्बिनी बाहिर पनि सरकारले जग्गा अधिग्रहण गर्न लागेको हल्ला फैलिएको भन्दै अब लुम्बिनीका जनताले जग्गा नदिने बताउनु भयो । लुम्बिनीको विकासले त्यहाँका नागरिकलाई समेटन नसकेको भन्दै उहाँले अब जग्गा अधिग्रहण गर्न जनताले नदिने उहाँको कथन थियो ।

बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नवराज श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले पुर्वधारमा लगानी गर्न आग्रह गर्नु भयो । चिनिया पर्यटक भित्राउँनको लागि चिनिया भाषामा ज्ञानको आवश्यकता रहेको हुँदा चिनिया भाषाको प्रशिक्षणको आवश्यकता रहेको श्रेष्ठको भनाइ छ । क्लवका रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।