चितवन पुगेका आइजीपीलाई के भने रविले ?

0
Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल चितवन पुगेर रवि लामिछानेलाई भटेका छन । जिल्ला प्रहरी कार्यालय चितवनको नीरिक्षण भ्रमण गरेर आइजीपी खनालले ६ भदौको साँझ लामिछानेसँग गरेको भेट गरेका हुन । जुन अहिले चर्चाको विषय बनेको छ ।

आइजीपी निकट स्रोतका अनुसार खनालले प्रहरीले कानुनबमोजिम कामकारबाही गर्ने स्पष्ट भनिदिए । कानुनभन्दा कोही माथि नहुने भन्दै कानुनको पालना गर्न र गराउने निकायले तलमाथि नगर्ने भने । उनले अनुसन्धानका क्रममा रहेको विषयलाई प्रभावित नपार्न समेत भने । आग्रह र सुझावको शैलीमा आइजीपी खनाल प्रस्तुत भएको बुझिएको छ ।

रवि लामिछाने पक्राउ घटनालाई राजनीतिक रङ्ग दिन खोजिएको सूचना सरकारले पाएपछि आइजीपी खनाल सक्रिय भएका हुन् । चितवनमा दिनहुँजसो भइरहेको प्रदर्शनमा राजनीतिक क्रियाकलाप समेत देखिनथालेको छ । नेकपा अध्यक्ष प्रचण्ड र उनकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालका अलावा सरकारका अधिकारीहरुको नाम किटेर जथाभावी भन्न थालिएको छ । यसबारे रेनुले विज्ञप्ति नै जारी गरिन् ।

स्थिति अनियन्त्रित हुने खतरा बढेपछि आइजीपी खनाल चितवन भ्रमणका रहँदा रवि लामिछानेलाई समेत भेट्न पुगेका हुन् । उनले संयमित हुन आग्रह समेत गरे । आइजीपीको आग्रहलाई रविले सकारात्मक रुपमा लिएका छन ।

पत्रकार शालिग्राम पुडासैनीले चितवनको होटलमा आत्महत्या गरेपछि भेटिएको भिडियो रेकर्डका आधारमा रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरेको थियो । आत्महत्याको दुरुत्साहनको अभियोगमा उनीहरुमाथि पुडासैनी पत्नी सम्झना पुडासैनीले किटानी जाहेरी समेत दिएकी छिन्