प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-११ भद्रकालीस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे ढुङ्खर्क गाउँपालिका-२ घर भई हाल काठमाडौं कीर्तिपुर बस्ने २३ वर्षीय जनक तिमिल्सिनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा बा।८५ प ८७९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तिमिल्सिनाले मादक पदार्थ सेवन गरेकोले कारवाहीबाट बच्न उक्त रकम प्रहरीलाई दिन खोजे पश्चात उनलाई पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहरको छ ।