पर्यटकको आकर्षणमा गोही प्रजनन केन्द्र

0
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको गोही प्रजनन् केन्द्र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ ।

प्रजनन केन्द्रमा गत आर्थिक बर्ष २०७५र०७६ मा ७३ हजार ५ सय ६१ जना पर्यटकले अबलोकन गरेका छन् । प्रजनन केन्द्रमा ४४ हजार ५ सय ४४ नेपाली पर्यटकहरुले अबलोकन गर्दा २९ हजार १७ जना बिदेशि पर्यटकले अबलोकन गरेका राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

सङ्कटापन्न अवस्थामा रहेको गोहीको संरक्षण गर्नका लागि निकुञ्जमा प्रजनन केन्द्र निर्माण गरिएपछि अहिले गोहीको सङ्ख्या समेत बढ्न थालेको छ । निकुञ्ज भित्र विश्वकै लोपउन्मुख घडियाल गोहीको संरक्षणका लागि स्थापना गरिएको प्रजनन केन्द्रमा अधिकांश पर्यटकको आकर्षण बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा घडियाल र मगर गरी दुई प्रजातिका गोही रहेका छन् । घडियाल गोही विश्वकै दुर्लभ जीवजन्तुको सूचीमा पर्दछ ।

गोही प्रजनन केन्द्र विद्यार्थीहरुको लागि अध्ययनको केन्द्र पनि बन्दै गएको छ । प्रजनन केन्द्रले हाल सम्म चौध सय पैसठ्ठि गोहीलाई बिभिन्न नदिमा छाडिसेको जनाएको छ ।

निकुञ्ज भित्र रहेको गोही प्रजनन केन्द्रले पछिल्लो बर्षहरुमा चितवनका नदिमा मात्र गोही छाड्ने गरेको छ । पहिले चितवन बाहिरका नदि कर्णाली, बबई,कोसी, कालिगण्डकी लगायतका नदिमा छाडिने गरिन्थ्यो । हाल भने नारायणी र राप्तीमा मात्रै छाडिने गरिएको छ ।