रवि भन्छन् देशमा न्याय मरेको छैन भन्ने विश्वास अझै छ

0
Shares

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रक्ररणमा अनुसन्धानका लागि चितवनको प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले देशमा अझै न्याय नमरेको पूर्ण विश्वास आफूलाई रहेको बताएका छन् ।

उनले आफूले अनुसन्धानका क्रममा प्रहरीलाई सहयोग गरिरहेको पनि बताएका छन् । चर्चित गायक प्रमोद खरेलसँगको भेटमा रविले देशमा अझै न्याय नमरेको र आफू न्याय पाउनेमा विश्वस्त रहेको बताएका खरेलले फेसबुकमार्फत जानकारी दिएका छन् ।

गायक खरेलले शनिबार बिहान आफूले रवि लामिछानेसँग भेट गरेको फेसबुकमार्फत जनाएका छन् ।