इनोभेटिभको दोहोरो जित

0
Shares

काठमाडौं, (नेस)। इनोभेटिभले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो जित हातपारेको छ।  इनोभेटिभले सिनियर ब्वाइजमा श्रृजल अवालेको १७ अंकसहित ज्योति एकेडेमीलाई २९–१४ ले पराजित गर्दा सिनियर गल्र्समा ग्यालेक्सीलाई १६–१० ले हरायो।

त्यस्तै द एक्सेल्सियरले आयोजक रेडिअन्ट ‘ए’लाई ३१–३० ले हराउँदा शुसान्त डंगोलले १२ अंक जोडे। ग्रिनफिल्डले अद्वितीयलाई ३६–२७, जेनिअमले एलआरआईलाई २९–२५ र डेनेबले विल्सन एकेडेमीलाई २१–१२ ले पाखा लगाए।

सिनियर गल्र्सको अन्य खेलमा न्यू भिजनले एक्सेल्सियरलाई १३–५ र एलआरआईले रेडिअन्टलाई १८–१२ले पन्छाए।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले न्यू भिजनलाई ३०–२०, हिमालयले एलआरआईलाई २४–१२ र रेडिअन्टले सेबलाई ३३–१७ ले पराजित गरे।