एशियाकपका लागि टोली घोषणा

0
Shares

काठमाडौं, (नेस)। यही भदौ १९ गतेदेखि श्रीलंकामा हुने एसीसी यू–१९ एशियाकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ। बिहीबार रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरियो।

भदौ २८ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ। समूह ‘ए’मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। त्यस्तै समूह ‘बी’मा नेपाल, यूएई, श्रीलंका र बंगलादेश छन्।

नेपाली खेलाडी यस प्रकारका छन्—रोहित पौडेल, रित गौतम, पवन शराफ, मोहम्मद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी रहेका छन्। मेनेजरमा राजु खड्का र हेडकोचमा विनोद दास रहेका छन्।