ग्रिनल्यान्डको जित

0
Shares

काठमाडौं, (नेस)।आयोजक ग्रिनल्यान्ड र भद्रकालीले १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार जित हात पारेका छन्। ग्रिनल्यान्डले पृथ्वीलाई ३२–२२ ले पराजित गर्यो।

भद्रकालीले नेसनल युनाइटेडलाई १७–११ ले हरायो। सिनियर ब्वाइजमा ग्रिनल्यान्ड ‘ए’ले नेसनल युनाइटेडलाई ५३–३३, पृथ्वीले ग्रिनल्यान्ड ‘बी’लाई २६–१८ र भ्याली पब्लिकले बूढानीलकण्ठ आश्रमलाई ५२–३२ ले पाखा लगाए।