टीआईए र रुपिजलाई उपाधि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।टीआईए र रुपिजले चौथो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन्।

टीआईए सिनियर ब्वाइज तथा रुपिज सिनियर गल्र्समा च्याम्पियन बने। ब्वाइज फाइनलमा टीआईएले आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई ७४–६५ ले पराजित गर्यो। टीआईएको जितमा सम्राट गुरुङले ३० अंक योगदान गरे।

गल्र्स फाइनलमा साइसा प्रधानको २२ अंक सहयोगमा रुपिजले चाँदबागलाई ३६–३५को साँघुरो अन्तरले हरायो। गल्र्समा साइसा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन्।

ब्वाइजमा टीआईएका तेन्जिङ शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। ब्वाइजमा आयोजक बौद्धका पिरातात लिम्पु तथा गल्र्समा चाँदबागी सुर्मा थेबे प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने। लिम्पुले १ सय ४६ र सुर्माले ७५ अंक जोडे।