फेकनको फुटसल आजबाट

0
Shares

काठमाडौं, (नेस)।स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले आजबाट फुटसल प्रतियोगिता गर्ने भएको छ। फेकनले आफ्नै कार्यालयमा बिहीबार पत्रकार सम्मेलनमा शनिबारसम्म चल्ने प्रतियोगिताको तयारी भइसकेको जनायो।

फेकन अध्यक्ष युवराज कटुवालले व्यवसायीबीच आपसी समझदारी कायम गर्ने र एक आपसमा सहकार्य र सहयोग गरेर जाने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताए। बालुवाटारमा हुने प्रतियोगितामा १०देखि १२ वटा समूहको सहभागिता हुनेछ।

प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी बेस्ट प्लेयर र हाई स्कोररलाई समान ५÷५ हजार रुपियाँ प्रदान गरिनेछ।

फेकन फुटसल टुर्नामेन्ट–२०१९ नाम दिएको यो प्रतियोगितामा सहभागिताका लागि आयोजकले सम्बन्धित सबैलाई आग्रह गरिसकेको छ। आयोजकले प्रतियोगितका लागि ६देखि साँढे ६ लाख रुैयिाँसम्म खर्चहुने अनुमान गरेको छ।