भीरबाट लडेर महिलाको मृत्यु

0
Shares

बैतडी, (नेस)। भीरबाट लडेर जिल्लाको सिगास गाउँपालिकामा एक महिलाको ज्यान गएको छ। ज्यान जानेमा सिगास गाउँपालिका–२ गाँजरीका ४९ वर्षीया परुली धामी रहेकी छिन्।
धामीको घाँस काटेर फर्किने क्रममा दिउँसो ३ बजेतिर भालढोडमा भन्ने भीरबाट लडेर ज्यान गएको स्थानीय टेकेन्द्र धामीले बताउनुभयो।

मृतक धामीका श्रीमान्, दुई छोरा र ४ छोरी छन्। बैतडीका ग्रामीण क्षेत्रका महिलाहरूले घाँस काट्ने क्रममा भीरवाट लडेर अकालमै ज्यान गुमाउने गरेका छन्।