मारुनीको कन्सर्टमा झुमे दर्शक

0
Shares

आगामी भाद्र १३ गते अल नेपाल रिलिज हुने फिल्म मारुनी यतिखेर देश दौडाहामा छ। यसको शुरुआत सुनसरीको इटहरीबाट गरिएको छ।  बुधबार इटहरीमा भएको भव्य कन्सर्टमा फिल्मका मुख्य नायक पुष्प खड्का, नायिका साम्राज्ञराज्यलक्ष्मी शाह, निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्लेले दर्शकसँग साक्षातकार गरे।
लगभग ३ हजार दर्शकको सहभागिता रहेको कन्सर्टमा पुष्प र साम्राज्ञीले जाम न माया जाम र सक्दिन म बाच्न बोलको मारुनीको गीतमा आफ्नो प्रस्तुति प्रस्तुत गरेर दर्शकलाई आकर्षित गरे। कार्यक्रममा स्थानीय मोडलहरूले मारुनीको टि–सर्टमा रयाम्प वाक गरेका थिए।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा फेसन डिजाइनर पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मीना क्षत्री र राजा प्रधान सहनिर्मातामा रहेका छन्। फिल्ममा पुष्प र साम्राज्ञीसँगै रेबिका गुरुङ, विनोद भट्टराई, शंखर सेढाइँ, अर्जुन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ। सञ्जय लामाको छायांकन रहेको फिल्म मित्र डी गुरुङले सम्पादन गरिरहेका छन्।