श्रीमती र छोरा जलाउन खोज्दा पक्राउ

0
Shares

धादिङ । पाँच दिन अघि गाउँमा रहेको आमा समूहले श्रमिति कुटपिट गर्ने गरेपछि सिद्धलेक गाउँपालिका वडा-१ का २५ वर्षीय गणेश लम्साललाई सम्झाए । गबिहान देखि मिलापत्र गएको आमा समूहले बिहान ११ बजेमात्र मिलापत्र गराउन सम्भव भएपछि आमासमूह आफ्नो आफ्नो घर फर्किएका थियौँ । घटनाबारे बताउँदै गरेकी आमा समूहकी शर्मिला तामाङले यस्तो हुन्छ भन्ने जानेको भए पहिले नै प्रहरी बोलाएर कारबाही गराउने बिचार रहेको बताउनुभयो । जिल्ला अस्पतालमा घाइते छटपटाइरहेको देखेपछि आक्रोसित आमा समूहका अगुवा महिलाहरु आँखा रसाएका थिए ।

जब आमा समूहले मिलापत्र गराए सोही राती उनलाई श्रमिानले कुट्नु सम्म कुटे । आगोले जलेकी बिमला आँखाभरी आँसु पार्दै घटना सुनाउँदै थिइन् । आफूलाई बचाउन अप्ठेरो भएपछि बिमला आफ्नो भरोसा लागेको बुढो ससुराको घरमा गइन् । बुढो ससुरालाई सम्झाइदिन आग्रह गरिन । नातीनि बुहारीले दुख पाएको भन्ने पहिलेदेखि बुझेका बुढा ससुरा कृष्णबहादुर सोमबार नातीनि बुहारी लिएर पुर्याउन आए । नातीलाई यसरी व्यवहार बिगर्नु हुन्न । कमाइथगरेर खाने मान्छे बिग्रनु हुन्न भनेर सम्झाउनुसम्म सम्झाए । सोमबार बेलुका आरोपित गणेश छटपटाएका थिए । हजुरबुबा कृष्णबहादुरलाई टिभि हेर्न व्यवस्था गरिदिए । अनि उनि रक्सी र मासु बाहिरबाट ल्याएका रहेछन् त्यो खाए । हजुरबुबालाई खाउँ भनेका थिए । तर उनले यस्तो हुन्न भनेका थिए । रात अबेर भएपछि आरोपित गणेशले पत्निलाई घरको पिडिमा सुतेको स्थानबाट उठाएर धन्सारमा सुत्न जाउँ भने । मिन्सुरेसन भएको तिन दिनमात्र भएकोले भित्र जान यन्कार गरेकी बिमलाले बुढो ससुराले हुन्छ भनेपछि धन्सारमा १५ महिनाको बालक लिएर गइन् । कृष्णबहादुर पनि सुते । रक्सीले मातेका गणेश धन्सार भित्र गए । भित्रबाट ढोका लगाए । ढोकाको चुक्कुल अड्काउन डोरी समेतले बाँधे । श्रमितिलाई ढोका खोलिस भने आज मारिदिन्छु भन्दै थिए । उनि एक्कासी श्रमिति र छोरोलाई रङ लगाउन प्रयोग हुने तरपिन तेल खन्याए । भित्र भएको घटना सुनिरहेका कृष्णबहादुर ढोका खोल्न खोजे सकेनन् । ओल्लो पल्लोघरमा गुहार मागे । बिमला बचाउ बचाउ भनेर चिच्याइरहेकी थिइन् ।

छोरो र आमा दुबैलाई आगो लगाएपछि भित्रको वातावरण कोलाहल भएको थियो । भित्रको चिच्याहट सुनेर पनि बाहिर भएकाले केही गर्न नसकेको अवस्थामा बिमलाले धन्सारको झ्यालबाट बाहि हाम फालिन । उनि छोरो जेनिस बाँच्न सक्छ । बचाइदिनु भन्दै आफ्नो जेठानीलाई बच्चा दिइन र त्यहि बसेर रुन थालिन । यति घटनाहुँदा रातीको १२ बजिसकेको थियो ।

राती गाउँबासीले बच्चा र आमालाई उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल पुर्याएका थिए ।

रक्सी खाएर आएपछि घरमा झगडा गरि घर भित्र लगेर मार्ने नियतले आगो लगाएका थिए । आफूले बच्चा बोकेर प्रतिकार गर्न नसकेपछि झ्यालखोलेर भागेपछि बाँच्न सफल भएको घाइते बिमलाले बताउनुभयो ।

आगो लगाएर घाइते भएकी बिमलाको घाँटी, अनुहार, देब्रेहात, देब्रेखुट्टा र छातीमा गहिरोसंग पोलेको छ । १५ महिनाको जेनिसको पेट, ढाड, देब्रेहात र देब्रेखुट्टामा पोलेको छ । गम्भीर घाइते भएका दुबैको जिल्ला अस्पतालले एकिकृत संकट व्यवस्थापन प्रणाली अन्तरगत निशुल्क उपचारको व्यवस्था मिलाएको जिल्ला अस्पतालमा सूचनाअधिकारी कृष्णलाल श्रेष्ठले जानकारी दिनुभयो ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरिएका लम्साललाई ज्यानमार्ने उद्योग गरेकोले अनुसन्धान सुरु गरिएको र सोही बमोजिम मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो ।