लागुऔषध गाँजासहित तीन जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, धादिङ । प्रतिबन्धीत लागु औषध गाजा लुकाइ छिपाइ बिक्रिका लागि लाँदै गरेको अवस्थामा प्रहरी टोलीले ८ किलोग्राम ५ सय ग्राम गाजा सहित तिन जनालाई आज (मंगलबार) पक्राउ गरेको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.९ मझिमटारमा काठमाण्डौबाट पोखरातर्फ जादै गरेको ग १ ख ७७०२ नम्बरको बस चेकजाँच गर्ने क्रममा सोही बसमा सवार कास्की जिल्ला माछापुच्छ्रे नगरपालिका वडा न. ८ का १८ वर्षीय सन्जोक सुनार, मलेखुबाट पोखरा तर्फ जादै गरेको ग १३ प ५०४९ नम्बरको स्कुटरमा सवार स्याङ्जा जिल्ला चिनिबास निवासी १९ वर्षीय नयन थापामगर र स्कुटी पछाडी सवार कास्की जिल्ला लेखनाथ महानगरपालिका वडा न. ९ निवासी १९ वर्षीय संगित बि.क.लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

बसको सिटमुनी कपडाको झोलामा राखेर लादैँ गरेको अवस्थामा प्रहरीले अनुसन्धान गर्दा स्कुटीमा सवार व्यक्तिहरु समेत सम्लगन्भ भएको पाइएपछि स्कुटी सहित तिन जनालाई हिरासतमा लिएर लागु औषध मुद्दा चलाइएको छ ।