नांगो खुकुरी देखाउँदै भिआइपि तथा प्रतिष्ठित व्यक्तिलाई गाली गर्ने मैनाली पक्राउ

0
Shares

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत नांगो खुकुरी देखाउँदै विभिन्न भिआइपि तथा प्रतिष्ठित व्यक्तिहरुलाई गाली गर्ने एक युवक पक्राउ परेका छन्।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का २५ वर्षीय सागर मैनाली पक्राउ परेका हुन् । उनलाई सोमबार महानगरीय प्रहरी अपराध महाशाखा र इलाका प्रहरी कार्यालय सिमराको टोलीले पक्राउ गरेको हो।

बाराबाट पक्राउ गरि काठमाडौं ल्याइएका उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।