नौमति वाजा सरक्षणका लागि प्रतियोगिता हुने

0
Shares

पाल्पा । लोप हुन लागेको नेपाली मौलिक वाजाको सरक्षण र प्रर्वद्र्धन गर्न आगामी सुक्रवार तानसेनमा नौमति वाजा प्रतियोगिता हुने भएको छ।

तानसेन नगरपालिकाको आयोजना र टुरिजम एक्सन कमिटीको समन्वयमा प्रतियोगिता हुन लागेको हो । नेपालीको मौलिक संस्कृति झल्कने नौमती बाजा लोपोन्मुख अवस्थामा रहेकाले त्यसको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यही भाद्र ६ गते कृष्णजन्माष्टमीका दिन प्रतियोगिता आयोजना गर्न लागिएको टुरिजम एक्सन कमिटीका संयोजक सागरमान महर्जनले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका दशवटै स्थानीय तहबाट सहभागिता रहने नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार, द्धितियलाई २० हजार र तृतिय हुने समूहलाई १० हजार नगद पुरस्कार र प्रमाणपत्र दिईने टुरिजम एक्सन कमिटीका संयोजक महर्जनले बताउनु भयो ।