ब्यानर छापेको आरोपमा १ व्यापारी सहित ३ पक्राउ

0
Shares

सरिता चलाउने,सल्यान। सल्यानमा विप्लव नेकपाको व्यानर छापेको भन्दै एक व्यापारी सहित अन्य ३ जना पक्राउ परेका छन् । जिल्लाको श्रीनगरमा केसी डिजिटल आर्ट संचालन गरेर व्यापार १ व्यापारी र अन्य ३ जना लाई प्रहरीले विप्लव नेकपाको व्यानर छापेको भन्दै पक्राउ गरेको हो ।

श्रीनगरका ब्यापारी हरी केसीलाई ब्यानर छापेको आरोपमा सोमबार कामकै सिलसिलामा पसलबाटै पक्राउ गरिएको हो । केहिदिन अघि नेकपाले छत्रेश्वरीको लान्तीमा जग्गा कब्जा गरेको ब्यानर र झण्डा छापेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै सहयोगको लागी मागेको बिषयमा बागचौर नगरपालीका वडा नम्बर ५ का विप्लप संगठनका बिद्यार्थि १९ बर्षिय महेश कुमार बिक, शारदा नगरपालीका १३ स्यानीखालका विप्लप संगठनकै बिद्यार्थि शुरेस भारती पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

उनिहरु तिनै जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी प्रमुख बिरेनद्र बहादुर शाहीले बताउनु भएको छ । विप्लव समूहमा प्रतिबन्ध लगाएको थाहा पाउदापाउदै झण्डा, व्यानर गराउने व्यक्तिलाई अनुसन्धानमा ल्याइएको बताउनु भयो ।