मृत अवस्थामा कट्टेलको शव फेला

0
Shares

राजेन्द्र गजुरेल,नुवाकोट । नुवाकोटको तादी गाउँपालिका–३ भोर्लेमा एक युवा मृत अवस्थामा भेट्टिएका छन । तादी गाउँपालिका–२ रालुकादेवीका २३ वर्षीय विजय कट्टेल मृत अवस्थामा भेटिएका हुन । सोमबार सोहि स्थानका रामशरण उप्रेतीको खेतमा कट्टेललाई मृत अवस्थामा देखेर स्थानीयले प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार खरानीटारमा जात्रा हेर्न भनि साउन ३१ गते घरबाट निस्किएका थिए ।

प्रहरीले मुचुल्का गरी शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको छ । घनाटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताउनुभयो ।