राष्ट्रिय फोटो पत्रकार प्रदेश ३ अध्यक्षमा सिलवाल

0
Shares

राजेन्द्र गजुरेल, नुवाकोट । सोमबार १ सय ८० औ विश्व फोटोग्राफी दिवसको अवसरमा धादिङमा सम्पन्न भएको प्रदेश नं ३ का फोटो पत्रकारहरुको भेलाले राष्ट्रिय फोटो पत्रकार समुह(एनएफपीजे) नेपालको ३ नम्बर प्रदेश अध्यक्षमा धादिङका नारायण सिलवाललाई चयन भएका छन । अध्यक्ष सिलवाल यस अघि पनि जिल्ला अध्यक्ष भएर काम गरीसक्नुभएको छ ।

राष्ट्रिय फोटो पत्रकार समुह नेपालका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भएको उक्त प्रथम अधिवेशनबाट ३ नम्बर प्रदेश समितिको उपाध्यक्षमा हेटौडाका सुदिप सिवाकोटी, सचिवमा धादिङका राजन अधिकारी र कोषाध्यक्षमा काठमाण्डौका लोकेश लिम्बु चयन हुनुभएको छ । साथै सदस्यहरुमा मकवानपुरका कपिल खड्का, चितवनका राजेन्द्र आचार्य र नुवाकोटका राजेन्द्र गजुरेल चयन भएका छन । अधिवेशनले सल्लाकार समितिमा भने हरिहर सिंह र गिरिजा अधिकारीलाई चयन गरेको छ ।

प्रदेश भित्रका सम्पूर्ण जिल्लामा राष्ट्रिय फोटो पत्रकार समुह गठन गरीनुका साथै समुहमा आवद्धरहनुहरुलाई आवश्यक तालिम संञ्चालन गरी फोटो पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गर्न आफु प्रतिवद्ध रहेको अध्यक्ष सिलवालले बताउनुभयो ।