सिंहदरबारभित्रै शव : केसीले लेखेको सूसाइड नोट फेला


काठमाडौं । सिंहदरबारभित्रै मृत अवस्थामा भेटिएका राष्ट्रिय योजना आयोगका कर्मचारी बच्चुराम केसीले आत्महत्या गरेको प्रहरीले जनाउको छ । उनको साथबाट सूसाइड नोट फेला परेको छ ।

केसीले नोटमा आफूले घर व्यवहार मिलाउन नसकेको साथसाथै घर खर्च चलाउन गाह्रो भएर आत्महत्या गरेको उल्लेख गरेको प्रहरीले बताएको छ ।

उनले नोटमा लेखेका छन्, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैको दोष छैन । मिडियावाजी नगर्नू र चिन्ता नगर्नू ।’ केसीको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।

यो पनि पढ्नुहोस् :

सिंहदरबारभित्रै नायब सुब्बाको शव फेला