नेकपाको सचिवालय बैठक स्थगित


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । आज बेलुका ५ बजेका लागि बोलाइएको सर्वदलीय बैठकका कारण सचिवालय बैठक स्थगित गरिएको नेकपाले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि बोलाएको सर्वदलीय बैठकका कारण सचिवालय बैठक स्थगित गरिएको नेकपाले जनाएको छ । माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेख्ने तयारी गरेपछि बैठक स्थगित भएको स्रोतले जनाएको छ ।

सचिवालय बैठक कहिले हुन्छ भनेर खुलाइएको छैन।