नक्कली सरकारी कागजपत्र बनाउने २ पक्राउ


काठमाडौँ ।  उपत्यका भित्रका सरकारी र गैरसरकारी कार्यालयका नक्कली कागपत्र र छाप बनाउने कार्यमा संलग्न एक पुरुषसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालीका ८ का ३३ वर्षीय बिनोद बरुवाल र सोही ठाउँकी ३३ वर्षीय रेनु लामा रहेको प्रहरीले जनाएको छ ।

सरकारी कार्यालयको कागजपत्र र छाप दुरुपयोग भइरहेको सुचनको आधारमा महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका बरुवाल जापानीज भाष अध्ययन गराउने ईन्स्टिच्युटका संचालक समेत रहेका छन् । उनीहरुको साथबाट विभिन्न व्यक्तिका नाममा जारी भएको १७ थान राहदानी, विभिन्न विद्यार्थीको नामसहित विवरण भएको ४ थान रजिष्टर, ३९ थान सरकारी र गैरसरकारी कार्यालयका छाप, विभिन्न कम्पनीका पेन ड्राइभ ११ थान र फरक फरक व्यक्तिका नाममा रहेका प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।