श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने १ पक्राउ


उदयपुर । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ५ बस्ने तिर्थ आले मगर रहेको प्रहरीले जनाएको छ । तिथृले आफ्नै ३० वर्षीया श्रीमती मन्जु पुलामी आले मगरलाई कुटपिट गरी हत्या गरेकोका थिए ।

घरायसी विवादका क्रममा तिर्थको कुटपिटबाट घाइते श्रीमती मन्जु पुलामीको उपचारको क्रममा धरानस्थित घोपा अस्पतालमा मृत्यु भएकोप्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।