२ किलो गाँजासहित १ युवक पक्राउ


काठमाडौं । अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर घर भई काठमाडौं चोभार बस्ने २० वर्षीय दिपक लो रहेको प्रहरीले जनाएको छ ।

कीर्तिपुर नगरपालिका १० बाट २ किलो ३ सय ग्रामको अवैध लागूऔषध गाँजाका साथै नगद ४० हजार र ४ थान मोबाइल सहित दिपकलाइृ सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उनका साथै अन्य तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बा २ ख ९४२६ नम्बरको पानी ट्याङ्कर जाँच गर्ने क्रममा ट्याङ्करमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।