बारीमा मकै जोगाउनै गाह्रो: कृषक रातमा पनि जाग्राम



न्युज अफ नेपाल, अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका मैदान लहरधाराका कृषक जाग्राम बस्छन् । “दिनभर बाँदरले, रातभर बँदेलले हैरान पार्छ, सुत्न पाइँदैन,” एक कृषकले भने, “अझै मकै पाक्न करिब २५ दिन लाग्छ, २५ दिनसम्म मकै कसरी जोगाउने हो, सपनाजस्तै लाग्छ,” ।

मकै जोगाउन बारीभरि मान्छेका जस्तै चित्र छन्, घरबाट बारीको तल्लो पाटोसम्म रसी बाँधेर राखेको टिन छ, घरबाटै टिन हल्लाएपछि, बारीमा बज्छ । एक कृषकले भने “३ बज्दा बिहानीको समयमा बारीमा मकै खान आएका चराचुरुंगी भाग्छन्, यहाँ चरा, बाँदर र बँदेल आतंकले मकै जोगाउन निकै गाह्रो पर्छ,” ।

पहिला पहिला गाउँमा बन्दुक थिए, एक कृषकले भने राज्यले बन्दुक नियन्त्रण गरेपछि, घरेलु सामग्री बनाएर बाँदर र बँदेल धपाउने प्रयत्न गर्छन् । उपल्लो पटौटीका एक कृषकको एक रातमा बँदेलले करिब ५ मुरी मकै खायो । रातको समयमा कतिबेला बँदेल आउँछ, थाहै हँुदैन, पालैपालो जाग्राम बस्छौं । करिब १५ मुरी मकै उत्पादन हुन्थ्यो,  भने, “बँदेल र बाँदर नियन्त्रण गर्ने कसरी ?

पटौटीका सामाजसेवी तथा एक कृषकले भने, “गाउँमा युवा छैनन्, वृद्धवृद्धाले बाँदर र बँदेल लखेट्न सक्दैनन्, जसोतसो मकै बारीमा रोपे पनि जोगाउनै गाह्रो छ, बँदेलले दर्जनांै कृषकका मकै खाइसकेको छ, मकै जोगाउनका लागि सम्बन्धित निकायले कृषकलाई सहयोग गर्नुपर्छ ।” जनताले मकै रोप्छन्, उत्पादन भएको मकै खान नपाएमा आगामी वर्ष मकै छर्ने कृषक पनि घट्दै जाने देखिन्छ,” एक कृषकले भने ।

पटौटी मैदानमा मात्र होइन पाणिनी गाउँपालिका–१ पणेनाका एक कृषक मुक्तिराम पोख्रेल दिनभरि बाँदर र बँदेल हेर्नमै हैरान छन् । दिनभरि बाँदर र रातभरि बँदेल आतंकले बारीका मकैभरि सखाप हुन लागे, रातभरि जाग्राम बस्नुपर्छ, रातिमा कतिबेला कहाँबाट बँदेल आउँछ, थाहा नै हँुदैन उनले भने । वर्षभरि खाने खेतीमा बाँदर र बँदेल आतंक नियन्त्रण गर्न सकिएन, पणेनाका कृषक युवराज पोख्रेलले भने, कसरी घर परिवार पाल्ने अब । दिन र राति पनि बाँदर, बँदेल आतंककै कारण सुत्नसमेत पाइँदैन, गाउँलेहरू जाग्राम बस्नुपर्छ, बँदेल नियन्त्रण गर्नका लागी स्थानिय सरकारले योजना बढाएर अगाडी बढ्नुपर्छ ।

बादर र बदेलले मकैबारी सखाप बनाउन थालेपछि कृषकहरू चिन्तित बनेका छन । जिल्लाका विभिन्न गाउँमा बाँदरले मकैलगायतका अन्नबाली सखाप पार्न थालेको हो । बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको कृषकहरूको गुनासो छ ।

सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाँडा, खाबडाँडा, वाङ्ला, डिभर्ना, भूमिकास्थानको धनचौर, ढिकुरा, पाणिनि गाउँपालिकाको पणेना, पाली, धातिवाङ, मालारानीको हंसपुर, मरेङ, अर्घातोष, वाँगी र छत्रदेवको केरुंगा, बल्कोट, ठुलापोखरा, शीतगंगाको सिद्धारा, सिमलपानी, जलुके, जुकेना, सुवर्णखाललगायत जिल्लाका अधिकांश गाउँमा बाँदरले अन्नबाली सखाप पारेको छ । जिल्लामा अत्यधिक वनक्षेत्र भएको शीतगंगा नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरसँगै दुम्सी र बँदेलले समेत अन्नबालीमा बढी क्षति पु¥याएको कृषकहरूले बताएका छन् ।

जनप्रतिनिधि निर्वाचित भएको पहिलो वर्षमा नै छत्रदेव र सन्धिखर्क नगरपालिकाले बाँदर आतंकका लागि हेरालुको व्यवस्था गर्न बजेट छुट्याए पनि गतवर्ष र चालू आवमा बाँदर नियन्त्रणका लागि योजना बनाउएको छैन । बाँदर र बँदेल आतंककै कारण जिल्लाबाट बसाइँ सर्नेको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्