तालिबानसँगका वार्तामा प्रगति ः ट्रम्प

0
Shares

वासिङटन (एजेन्सी)। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा शान्ति र स्थिरताका लागि तालिबानसँग शान्ति वार्तामा भइरहेको प्रगतिको सराहना गरेका छन्। तालिबान र अफगान सरकार दवैसँग वार्ता राम्रो भइरहेको उनले बताए।

न्युजर्सीमा संवादातासँगको साक्षात्कारमा ट्रम्पले भने– ‘तालिबानसँग हाम्रो वार्ता जारी छ। अफगानिस्तान सरकारसँग पनि वार्ता राम्रो भइरहेको छ।अमेरिकालाई तालिबानसँगको शान्ति सम्झौता हुने आशा छ, त्यसपछि उसले आफ्ना सैनिकलाई अफगानिस्तानबाट फिर्ता बोलाउन सुरु गर्ने छ।

अमेरिका, अफगानिस्तानमा आफ्नो हस्तक्षेप बन्द गर्न चाहन्छ, जहाँ उसले अहिलेसम्म १ खर्ब डलर खर्च गरिसेकेको छ। ट्रम्प राष्ट्रपति पदमा आफ्नो कार्यकालको सुरुदेखि नै अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने विषयमा प्रष्ट देखिएका थिए।

अमेरिका र तालिबानबीच कुनै सम्झौता मात्रले अफगानिस्तानमा शान्ति नआउने विज्ञहरू बताउँछन्। त्यसका लागि तालिवानले अमेरिका समर्थित अफगानिस्तानको सरकारसँग पनि वार्ता गरी सहमति बनाउनु पर्नेमा उनीहरूको जोड रहेको छ।