विदेशको कमाइले स्वदेशमा धर्मशाला

0
Shares

बैतडी, (नेस)।  जिल्लाको सिगास गाउँपालिका घर भई भारतका विभिन्न स्थानमा काम गरिरहेका नेपालीहरूले चन्दा संकलन गरी उठेको रकमबाट जिल्लाको सिगासधूरामा धर्मशाला निर्माण गर्दै छन्।

१५ लाख रुपियाँको लगानीमा सिगास गाउँपालिकास्थित सिगासधुरा धाममा धर्मशाला निर्माण भइरहेको हो। प्रवासी नेपाली सिगास मञ्चमा आवद्ध नागरिकले संकलन गरेको चन्दाको रकमबाट धर्मशाला निर्माण भइरहेको धर्मशाला निर्माणका लागि समन्वय गरिरहनुभएका स्थानीय सूर्य बोहराले बताउनुभएको हो।

सिगास गाउँपालिका–४ घर भई भारतमा कार्यरत रघुबीर साउँदको नेतृत्वमा रहेको प्रवासी नेपाली सिगास विकास मञ्चले चारकोठाको धर्मशाला निर्माणका लागि पैसा संकलन गरेर पठाएको हो।

सिगासधुरा दर्शनका लागि जाने भक्तजनहरूलाई सजिलो होस भन्ने हेतुले धर्मशाला निर्माण गरिन लागेको हो। जिल्लाकै दुर्गममा पर्ने सिगासधुराको संरक्षण र प्रवद्र्धन गरी प्रचारप्रसार गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन सकिने देखिन्छ।