नेपाल समाचारपत्र, मुगु । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–४ का वडाअध्यक्ष विष्णुकुमार भामले आफ्नो पारिश्रमिकबाट छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा गाउँका स्थानीय दलित परिवारका दलित जेहेन्दार ७९ घरका बालबालिकालाई स्टेसनरी सामान बितरण गरेका छन्। वडाध्यक्ष भामले कार्कीवाडा गाउँमा रहेका ७९ घर परिवारका दलित विपत्न वर्गका बालबालिकालाई जनही ५ बटा कापी र ३ बटा डट्पेन बितरण गरेका हुन्।
छायाँनाथ रारा नगरपालिका–४ का वडा अध्यक्ष भामले नेपाल सरकारबाट आफूलाई उपलब्ध हुँदै आएको मासिक सेवा सुविधाबाट छायाँनाथ रारा नगरपालिकाभित्र रहेका १ देखि १४ बडाका दलित वस्तीहरूमा विभिन्न गतिविधिमा खर्च गर्ने घोषणा गर्नुभएअनुसार कार्कीबाडा गाउँमा रहेका जेहेन्दार दलित बालबालिकालाई स्टेसनरी बितरण गरिएको बताइएको छ।
यसरी दलित वस्तीका विपन्न परिवारका विद्यार्थीलाई स्टेसनरी बितरण गर्ने भाम छायाँनाथ रारा नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष हुन्। ‘नगर प्रमुख, उपप्रमुखदेखि जिल्लामा रहेका केन्द्र र प्रदेश संसद्का सबै ६ जना सभासद्को सोच यस्तै भए मुगु जिल्लाको मुहार छिट्टै फेरिने थियो’, –कार्कीबाडाका देवीकृण रावलले बताएका छन्।











प्रतिक्रिया