करेन्टले चुँड्यो कोरिया जाने सपना


नेपाल समाचारपत्र, पर्वत। पर्वतको महाशिला गाउँपालिका–४ पाखापानी धुँवाकोट गाउँका केशबहादुर क्षत्री कोरिया जाने तरखरमा हुनुहुन्थ्यो। गाउँमा बिजुलीका लागि पोल गाड्नेक्रममा करेन्ट लागेपछि क्षत्रीको कोरिया जाने सपना खरानी बन्न पुग्यो।

बिजुलीको फलामे तार विस्तार गर्नेक्रममा बिजुली प्रवाह भइरहेको प्रसारण लाइनमा फलामे पोलले छोएपछि क्षत्रीको घटनास्थलमौ ज्यान गएको थियो। एकै गाउँका ३० वर्षीय केशबहादुर क्षत्री र ३१ वर्षीय सुरेन्द्र क्षत्रीको मृत्युपछि गाउँनै शोकमा छ।

स्थायी बसोबास पाखापानी धुवाँकोट भए पनि अस्थायीरूपमा पोखरा बस्दै आउनु भएका केशबहादुर क्षत्री कोरिया जाने तरखरमा हुनुहुन्थ्यो। यस अघि पाँच वर्षसम्म कोरिया बसेर फर्केर क्षेत्री फेरि भाषा परीक्षामा उत्तीर्ण भएर भिसा आउने दिन गन्दै बस्नु भएको थियो। ‘भिसा झर्न मात्रै बाँकी थियो, दैवले चुँडेर लग्यो’ –मृतक क्षेत्रीका मामा चन्द्रबहादुर क्षत्रीले भन्नुभयो।

 

मृतक मध्येका अर्का युवा ३१ वर्षीय सुरेन्द्र क्षत्रीको विवाह गरेको ४ महिनामात्र भएको थियो। दुई वर्षभन्दा बढी वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुक पुगेर फर्किएका क्षत्री झन्डै १० महिनादेखि घरमै बस्दै आउनुभएको थियो।

 

शुक्रबार बिहान ९ बजे गाउँकैलागि बिजुलीको खम्बा विस्तार गर्दै गर्दा उनीहरूसहित तीन युवालाई करन्ट लागेको थियो। अर्का युवा भरत क्षत्री सामान्य घाइते भएका थिए भने केशबहादुर र सुरेन्द्रको घटनास्थलमा नै मृत्यु भएको थिए।

मृतक मध्येका अर्का युवा ३१ वर्षीय सुरेन्द्र क्षत्रीको विवाह गरेको ४ महिनामात्र भएको थियो। दुई वर्षभन्दा बढी वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुक पुगेर फर्किएका क्षत्री झन्डै १० महिनादेखि घरमै बस्दै आउनुभएको थियो। उहाँले गएको वैशाखमा मात्रै विवाह गर्नुभएको थियो। मृतक क्षत्री पनि परिवारका एक्ला छोरा हुनुहुन्थ्यो। क्षत्रीको मृत्युपछि परिवारको आशा नै मेटिएको छ। बाबु शेरबहादुर क्षत्री, आमा लीला क्षत्री र श्रीमती सपना क्षत्री अर्धचेत अवस्थामा छन्।

पाखापानी सामुदायिक विद्युत उपभोक्ता समिति मार्फत युवाहरू खम्बा गाड्ने काममा सक्रिय भएका थिए। महाशिला गाउँपालिकाले पछिल्लो समयमा गाउँपालिकाका सबै काठका पोल हटाएर फलामे पोलयुक्त गाउँपालिका बनाउने अभियान सञ्चालन गरेको थियो।