बन्दुक सहित बोहरा पक्राउ 

0
Shares

बझाङ । बित्थडचिर गाउँपालिका-४ बाट एकनाले भरुवा बन्दुक १ थान सहित सोही गाउँपालिका-१ भाराभिडा बस्ने ४५ वर्षीय लाल बहादुर बोहरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले से।३ प २९५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।