नगद सहित ९ जना जुवाडे पक्राउ

0
Shares

धादिङ । निलकण्ठ नगरपालिका-३ पहरेचौतारा बस्ने भवन मानन्धरको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा मानन्धर समेत ९ जनालाई नगद ४९ हजार १ सय ५५ रुपैयाँ र तीन बुक तास सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।