पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु 

0
Shares

रौतहट । आफ्नै खेतमा पानी तान्ने मोटरबाट पानी कटाउने क्रममा करेन्ट लागेर परोहा नगरपालिका-६ बसन्तपट्टी बस्ने ५० वर्षीय दुला राउतको सोमबार बिहान मृत्यु भएको छ । करेन्ट लाग्दा गम्भीर घाइते भएका राउतको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।