बेलायतमा कैदीको पत्र

0
Shares

सनमकुमार बैरागले साहित्यकार स्व. ईश्वर मानन्धरको चर्चित कथा कैदीको पत्रमाथि फिल्म निर्माण गरिरहेका छन्।

साहित्यकार मानन्धर अभिनेता तथा निर्माता विनोद मानन्धरका पिता हुन्। बेलायतका विभिन्न स्थानमा सुटिङ भइरहेको कैदीको पत्रको निर्देशन बैराग आफैँले गरेका छन्।

फिल्मको पटकथा, संवाद र गीत पनि उनी स्वमय्ले लेखेका छन्।

अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटिस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको विषम परिस्थितिको विषयमा रहेको फिल्मको एउटा गीतको छायांकनमा क्रममा गत सोमबार बेलायतका राजदूत साहित्यकार दुवसु क्षेत्री सुटिङ स्थलमा सहभागी भई आफूहरूको हौसला बढाएको निर्देशक बैरागले बताए।

फिल्ममा म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापा, सुरेश श्रेष्ठ, पृथ्वीराज केसीलगायतले अभिनय गरेका छन्।

सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र रामेश्वर कार्कीको छायांकन रहेको फिल्म कलिना–रुबिन श्रेष्ठ, हिराल आमीन जोशी र दिल घलेले निर्माण गरिरहेका छन्।