निर्माण पुरा नहुँदै सडक भत्किन थालेपछि स्थानीय चिन्तित


कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज पथलैया ६ लेन सडक निर्माण पुरा नहुँदै भत्किन थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् ।
लालपुर्जा भएको जग्गा राज्यलाई बिना कुनै लोभमा दिदा समेत व्यापारीक मार्ग बिस्तार योजना ६ लेन सडक नबन्दै भत्किन थालेपछि थानीयहरु चिन्तीत बनेका हुन् ।

व्यापारिक मार्ग बिस्तार योजना वीरगन्ज पथलैया ६ लेन सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले कमशल समाग्रीको प्रयोग गरेर सडक निर्माण गरेका कारण निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेको जीतपुरसिमराका स्थानीयहरुले आरोप लगाएका छन् ।हाल वीरगन्ज–पथलैया ६ लेन सडक निर्माण कार्य भै फाईनल कालो पत्रे गर्न बाँकी रहेको पथलैया, सिमरा, नितनपुर लगायतका स्थानहरुमा सडकको तल्लो तहमा खाल्डो पर्नुका साथै सडक नै दबिएको अवस्थामा पुगेको हो ।यसरी सडकको तल्लो भाग (जग) नैं बलियो नभए अब त्यस माथि राखिने कालो पत्रेले सडकले धेरै सदन धान्न नसक्ने स्थानीयहरुको भनाइ छ ।

यस भन्दा पहिले बनेको सडक हाल सम्म पनि नबिग्रनु, तर हालै निर्माण हुन् लागेको सडक यती चाँडै धुलोपिठो हुनुमा योजना कार्यालय र निर्माण व्यवसायीको मिलोमतोमा कमसल समाग्रीको प्रयोग भएको सहजै अनुमान गर्न सकिने अर्का युवा व्यापारी मनोज कुमार साहले बताउनुभयो ।

६ लेन सडक निर्माण कार्यालय पथलैयाका ईन्जिनियर अशोक यादवले यस सकडमा प्रती एक्सल १० टन भार बोक्न सक्ने क्षमता रहे पनि चार एक्सलको सवारी साधनले एक सय टन सम्म भार बोकेर आउने र यातायात व्यवस्था कार्यालय वीरगन्जले यसलाई रोक्न नसकेको कारण सडक बिग्रिएको दाबी गर्नुभयो । तीन अर्व २७ करोडको लागतमा वीरगन्ज पथलैया २७ किलोमिटरको सडक निर्माण थालिएको सडक विभागले प्रति कम्पनिलाई झण्डै ६७ करोड बजेट छुट्याएर २०७५ पुष २८ गते भित्रमा निर्माण सम्पन्न गर्नु पर्ने गरी जिम्मा दिएको थियो

तर , समयमा काम नसकिए पछि योजना कार्यालय पथलैयाले निर्माण व्यवसायीहरुलाई थप एक वर्ष भित्र काम सम्पन्न गर्ने गरी समय सिमा बढाएको हो ।