कार्य सम्पादन सम्झौतामा हस्ताक्षर


सरस्वति न्यौपाने, रसुवा । आर्थिक वर्ष ०७६/०७७ मा सम्पादन गरिने ५ वटा क्षेत्र र ५० वटा कामहरुको पहिचान र वस्तु निष्ट बैज्ञानीक सुचाकं सहित १०० पुर्णङलाई आधार मानि तयार गरिएको कार्य सम्पादन सम्झौतामा विहिवार हस्ताक्षर भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवामा प्रमुख जिल्ला अधिकारी र सहायक प्र्रमुख जिल्ला अधिकारी विच भएको कार्य सम्पादन सम्झौतामा शाखा प्रमुख देखि नायव सुब्बा स्तर सम्मका कर्मचारी लाई समेत कार्य सम्पादन पहिचान गरि विहिवार ०७६/०७७ का लागी उपलब्ध गराइएको छ ।

कार्य सम्पादन भित्र सम्झौता भित्र सम्झौताको अवधि २०७६ साउन १ देखि २०७७ साल अषाढ मसान्त सम्म हुनेछ । यसै साथ संलग्न सुचकहरुको प्रगतीको आधारमा अर्थ वार्षिक कार्य सम्पादन मुल्याङ्कन गरी आफुले गरेको कार्य सम्पादनको प्रगति चौमासिक रुपमा प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरि सरुवा भई अन्यत्र कार्यालयमा जाँदा यस सम्झौताको प्रगति विवरण अध्यावधिक गरी प्र.जि.अ. समक्ष बुझाउनु पर्ने भन्ने रहेको छ ।