नेकपामा विभागको नेतृत्व टुंगियो : स्कुलमा पोखरेल, संगठनमा गौतम


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ ।

यस्तै प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, संगठन विभागमा वामदेव गौतम, पर्यटन विभाग योगेश भट्टराई, विदेश विभागमा माधव नेपाल, अर्थ विभागमा सुरेन्द्र पाण्डे, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको छ ।